दाउन्नेमा बस पल्टिएर आगलागी, ३१ जना घाइते

चितवन– नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जनाकारी दिए। उनका अनुसार बसमा ३१ जना जना सवार थिए।

दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । पल्टिएको केहीबेरमा बसमा आगलागी भएको थियो ।आगो लाग्नुअघि सबै यात्रुको उद्धार गरिसकेकाले थप जोखिम हुन नपाएको प्रहरीले जनाएको छ । बसमा विद्युत् सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार