भाइ–बुहारीको हत्या गर्न आफ्नै दाजु–भाउजुले दिए सुपारी

'आमाबाबुले भाइ–बुहारीलाई बढी माया गरेकोमा रिस'

बाँकेमा दाजु र भाउजूले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका– १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरियाको हत्या गनै आफ्नै दाजु र भाउजुले निर्देशन दिएको खुलेको छ ।

केष्ण र अञ्जली मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा प्रहरीले हत्यामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेपछि हत्याको योजना खुलेको हो । प्रहरीले हत्याको अभियोगमा विजयकुमार गडरियालाई पक्राउ गरेको छ । अनुसन्धानबाट दाजु र भाउजूको निर्देशनमा भारतीय सुटरले भाइ–बुहारीको हत्या गरेको खुलेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पक्राउ परेका विजयले भाइ–बुहारीको हत्या गर्न भारतीय नागरिकलाई सुपारी दिएको बयान प्रहरीसमक्ष दिएको एसपी अधिकारीले बताए ।

आमाबाबुले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको उनले बताए । उनले घटनामा चारजनाको संलग्नता देखिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार