न्याय परिषद्को बैठक : २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय

काठमाडौँ । न्याय परिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषद् बैठकले ती जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् । सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्को तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार