संघीय निर्वाचन आगामी मंसिर चार गते हुन सक्छ : प्रमुख आयुक्त थपलिय

'केही दिनमा नै निर्वाचनको मिति तोक्ने सरकारकाे तयारी'

संघीय निर्वाचन आगामी मंसिर ४ गते हुन सक्ने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयूक्त दिनेश थपलियाले बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अर्को मन्त्रीपरिषद बैठकले निर्वाचनको मिति तोक्ने जानकारी समेत दिए ।

उनले भने, ‘आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ ।’

निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको थपलियाको भनाइ छ । स्थानीय चुनावको तुलनामा आगामी संघीय चुनावमा निर्वाचन आयोगको खर्च बढ्न सक्ने थपलियाले बताए । यो निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदो निर्वाचनमा ८ करोड छाप्नुपर्ने उनको भनाइ छ ।

यस्तै, एउटा केन्द्रमा एउटा मतपेटिका राखेर स्थानीय चुनाव गराइएकोमा आउँदो चुनावमा ४ वटा राख्नुपर्ने उनले उल्लेख गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार