काठमाडौँका अस्पतालहरुमा कोरोना संक्रमितको चाप बढ्दै

काठमाडौंका प्रमुख अस्पतालहरूमा कोरोना संक्रमित विरामीको चाप बढ्दै छ । मंगलबार सैनिक अस्पताल, वीर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरी २५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार