साफ यू–२० : नेपाल र श्रीलंकाको खेल बुधबार

साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बुधबार (भोली) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरमा सोमबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकालेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले पहिलो जितले खेलाडीमा हौसला मिलेको बताए । केसीले श्रीलंकासँग आत्मविश्वासका साथ जितका लागि खेल्ने पनि बताए । आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागि च्याम्पियनसिपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मंगलबार बंगलादेशसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा आधारमा खेलाईएको च्याम्पियनसिपको शीर्ष दुई टोलीबीच साउन २० गते उपाधि भिडन्त हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार