थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार