शेयर बजारमा देखिएको सुधार टिकेन्, नेप्से ४४ अंकले घट्यो

लगातार दुई दिन उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४४ दशमलव ८० अङ्कले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार सङ्ख्या र रकम पनि घटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा आज दुई सय २२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार