टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे तालमा एक जना बेपत्ता

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत रहेका छन् ।

‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेको प्रहरीले जनाएको छ । प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार