बागमती प्रदेश सभा अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको १०औँ अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको १०औँ अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन्।

राति नै प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेश सभाको अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए। आर्थिक वर्ष ०७९र८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेट तथा केही विधेयकहरू १०औँ अधिवेशनले पारित गरेको छ।

प्रदेश सभाको सोमबारको बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो भने सरकारले प्रस्तुत गरेका अन्य केही विधेयक भने पास हुन सकेनन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार