‘जुम्लाबाट स्याउ झार्ने बेलामा हिलाम्मे सडक भएर बाटोमै कुहिने अवस्था छ’

नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले सडकमा कालोपत्र आफूहरुको भाग्यमै नभएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘प्रतिपक्षले मलाई हेरिरहेको छ। उता होइन आज म जुम्ला जिल्लाको समस्या भन्दैछु। बाटो पिच त भाग्यमै लेखेको छैन। ओटासिल भन्छ १० बर्ष भइसक्यो। शहरबजारमा चारपाँच चोटी पिच भइसक्यो, काठमाडौंको पिच ५ इन्चभन्दा बाक्लो छ। मन्त्रीहरु भएको ठाउँमा ४ इन्चभन्दा कम छैन। हाम्रो हिलाम्मे छ। स्याउ झोर्न बेला भयो। ध्यान जावस्।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार