सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खोजेको एमालेको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खोजेको आरोप लगाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद खगराज अधिकारीले भने, ‘एसपिपीमा नेपाल सहभागी नहुने भन्ने मन्त्रीपरिषदबाट निर्णय गरेको भन्ने सुनियो। परराष्ट्र मन्त्रालयले अध्ययन गर्दैछ रे। शान्ति सम्झौता गरेर तीनै विषयबस्तु समेटेर नेपाललाई सैन्य गठबन्धनमा लगिँदैछ। के यो संविधान विरोधी होइन?’

उनले नेपाल प्रहरी र सशस्त्र परिवारको बढुवामा परिवारवाद हावी भएको आरोप लगाए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार