दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्थाको माग गर्दै सोमबारदेखि आन्दोलनमा उत्रिएको दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्‍यक्ष विजयकुमार राय यादवले बताए ।

सोमबार प्राधिकरणका अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिएको र कर्मचारी एंव युनियन सदस्यहरुले डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापन समक्ष बुझाएका छन् ।आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरु काममा नजानेसमेत बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार