रेडक्रसलाई निजी कम्पनी बनाउन खोजेको भन्दै विरोध प्रदर्शन

नेपाल रेडक्रस सोसाइटीलाई निजी कम्पनी बनाउन खोजेको भन्दै विरोध प्रदर्शन गरिएको छ । नेपाल बानेश्वरमा रेडक्रस सोसाइटीले आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र को बिषयमा छलफल गर्न आयोजित राष्ट्रिय भेला’ कार्यक्रम स्थल बाहिर प्रदर्शन भएको हो ।

कर्मचारीले मानवीय संस्थामा दानवीय व्यवहार बन्द गर, रेडक्रसभित्र विधिको शासन लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउ, गैरकानुनी सरकारी समिति खारेज गर लगायतका नारा लेखिएका प्ले(कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार