पाउल पोग्बा घाइते, बार्सिलोनाविरुद्धको खेल गुमाउने

काठमाडौं । युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले घुँडाको चोटका कारण बुधबार बिहान हुने बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

अमेरिका भ्रमणमा रहेको इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले मंगलबार पोग्बा बार्सिलोनाविरुद्धको खेलमा उपलब्ध नहुने जनाएको हो । युभेन्टसले पोग्बा कति समय मैदानबाहिर रहन्छन् भनेर खुलाएको छैन । थप जाँचपछि मात्र २९ वर्षीय पोग्बाको अवस्थाबारे थाहा हुने युभेन्टसले जनाएको छ ।

पोग्बालाई युभेन्टसले यसै सिजन ‘फ्री–ट्रान्सफर’मा अनुबन्ध गरेको हो । पोग्बाले यसअघि इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार