माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान जाने

राजनीतिक भेटघाट हुने- नहुने बारे अन्याेल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन्। जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी साउन २१ गते जापान जान लागेका हुन् ।प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ।

‘नेपालीहरूको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लाग्नु भएको हो । त्यहाँ कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावासबाट परामर्श भइरहेको छ। उहाँसँगै सचिवालयका चार जना जाने तयारी छ’ स्रोतले भन्यो ।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार