काठमाडौंमा एकैदिन २ हजार ३९७ जना सवारी चालक कारवाहीमा

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन् । यस्तै, अन्य कारवाहीमा २ हजार ८४ जना सवारी चालक परेको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार