भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध

अटेरी गर्नेलाई कडा करावाही गर्ने चेतावनी

काठमाडाैँ- सरकारले भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रुपमा बन्द गर्ने भएको छ । झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारबाही गर्ने वातावरण विभागले मंगलबार सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले एक सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने जनाएको छ ।

सरकारले २०७८ साल असोज १९ मा राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर अहिले पनि बजारमा यस्ता प्लास्टिक झोलाको बिक्री तथा प्रयोग हुँदै आएको छ ।

नीतिगत निर्णय भए पनि कार्यान्वयन फितलो हुँदा प्लाष्टिकका झोला प्रयोगको दर झन् बड्दो रहेको पाइएको छ । ४० माइक्रोनभन्दा पातलो झोलाले वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जथाभाव फाल्दा खोला तथा नदीमा प्रदूषण बढेको छ । ढल तथा पानीको निकासमा समस्या उत्पन्न गरेको छ । विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार