निजी तस्बिर भाइरल बनाइदिने भन्दै युवतीमाथि ब्ल्याकमेल, दुई जना पक्राउ

निजी तस्बिरको दुरुपयोग गरी एक युवतीलाई ब्ल्याकमेल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सैनामैनाकी १९ वर्षीया युवतीको निजी तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गर्ने गैडहवाका दुईजना पक्राउ परेका हुन् ।

घटनामा संलग्न गैडहवा गाउँपालिकाका १७ वर्षीय एक युवक र गैँडहवा गाउँपालिका–९ बस्ने २० वर्षीय जगन्नाथ मल्लाहलाई सैनामैना नगरपालिका–७, देउपारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी इन्स्पेक्टर जगन्नाथ मरासिनीका अनुसार युवतीले डेढ वर्षअगाडि आफ्नो मोबाइलले खिचेको आफ्नै निजी तस्बिर केटाहरूले फेला पारेपछि सोही तस्बिरका आधारमा ब्ल्याकमेल गर्दै यौन सम्पर्कको प्रस्ताव राखेका थिए । यौन सम्पर्क गर्न अस्वीकार गरेपछि जबर्जस्ती गर्न खोज्दा भागेकी युवतीलाई प्रहरीले उद्धार गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार