माओवादी अध्यक्ष प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता

एकता संयोजक समिति बनाउने विषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार