प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा एक युवाले गरे विरोध प्रदर्शन

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा एक युवाको प्रदर्शन गरेका छन् । सोमबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभुति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रम प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।

उनले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ भन्दै नारा लगाएका थिए । त्यसपछि ती युवालाई प्रहरीले बलपूर्वक बाहिर निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार