सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

सोमबार सेयर बजार मापक परिसूचक नेप्से ५४.४५ अंकले बढेको छ। नेप्से ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा पुगेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ।

नेप्सेसँगै कारोबार रकम बढेपछि लगानीकर्ताहरु खुसी भएका छन्। मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको थियो। मौद्रिक नीतिले सेयर बजारमा सकारात्मक प्रभाव छोडेपछि बजार अब लयमा फर्किने आशमा लगानीकर्ता रहेका छन्।

आज ४ अर्ब बढीको सेयर कारोबार भयो। आइतबार २ अर्ब ७३ करोड बराबरको कारोबार भएको थियो।

यसदिन २१४ कम्पनीको ९९ लाख १४ हजार ४८ कित्ता सेयर ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँमा खरिदबिक्री भयो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार