जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

जंगली च्याउ खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ नुवाकोट गाउँका विष्णु हमालको परिवारका पाँच जना बिरामी भएका हुन् ।

बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार हमाल परिवारले आइतबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । पहिले विष्णु हमाललाई वाकवाकी लागेपछि परिवारका सबै जना आइतबार बेलुका नै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार