दुई हजार बढी कर्मचारी कार्यरत कल सेन्टरमा प्रहरीको छापा

प्रहरीले काठमाडौँको एक कल सेन्टरमा छापा मारेको छ ।सोमबार काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थित स्काई वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको हो ।

अवैध गतिविधि गरेको आशंकामा छापा मारेको प्रहरीले जनाएको छ । त्यहाँ २ हजारभन्दा बढी युवा युवतीहरू काम गर्दै आएको पाइएको छ ।

प्रहरीले छापा मारेपछि ती युवा युवती बाहिर निस्केका छन् । व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार