‘छक्का पञ्जा ४’काे छायांकन आजबाट

काठमाडौं– दीपक राज गिरी तथा दिपा श्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’को शुभमूर्हत भएको छ। फिल्मको निर्माण पक्षले आज फिल्मको शुभमूर्हत गर्दै फिल्मलाई छायांकनमा लगेको हो।

फिल्ममा दिपक राज गिरी र दिपा श्री निरौलासँगै बेनिशा हमाल, मलिना जोशी, राज आचार्य, केदार घिमिरे ‘माग्ने बुढा’लगायतका कलाकारको अभिनय रहेको छ। हेमराज बिसीको निर्देशनमा बनेको यो फिल्ममा सामाजिक कथावस्तु समेटिएको छ। सामाजिक हास्यव्यंग्यमा आधारित रहेको फिल्ममा पहिलेजस्तै दर्शकलाई मन पर्ने किसिमको विषय समेटिएको निर्माण पक्षको जिकिर छ।

फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन्। आमा सरस्वती मुभिज प्रालीको ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार