नेपाली नागरिकलाई व्यवस्थित तरिकाले नागरिकता दिन विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको जवाफ दिएका छन्। सोमबार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ। नागरिकता ऐन पनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै जाने नै छ’, उनले भने, ‘नागरिकता विधेयकले नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन खाजेको होइन। त्यो खालको आशंका नगर्नुहोस् । नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि दिन खोजेको हो।’

खाणले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गरे। गृहमन्त्री खाणले नागरिकता ऐन पनि आवश्यक्ता अनुसार परिष्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको जिकिर गरे।

कसैको पनि दबाब, परामर्श र सल्लाहमा नागरिकता संशोधित ऐन नल्याएको दाबी गर्दै उनले नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताए। अरु कसैको परामर्श, सर सल्लाह वा अन्य कुनै कारणले विधेयक आएको आरोप गलत भएको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार