निषेधित क्षेत्रमा गाडी पार्किङ गरेपछि मन्त्री राईले तिरे एक हजार जरिबाना

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मत इश्तियाक राईको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ ।

आज बिहान ललितपुरको जावलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको अवस्थामा भेटिएपछि ट्राफिक प्रहरीले मन्त्रीको गाडीलाई कारबाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणाका अनुसार बा २२ च २५८३ नम्बरको निजी गाडीलाई एक हजार रुपैयाँ जरिबाना तिराइएको छ। पार्किङ निषेधित क्षेत्रमा पार्क गर्ने सवारीलाई जरिबाना तिराउँदै आएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार