नागरिकता विधेयकमा सरकारले बलमिच्याइँ गर्‍यो

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी छिन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी हुन् ।

उनले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै सो प्रक्रियाप्रति आफ्नो असहमती रहेको स्पष्ट पारिन् ।

उनले विधेयक प्रक्रिया मिचेर ल्याउनुले संसदको अवमूल्यन गरिएको बताइन् । त्यस्तै सांसदहरुको स्वविकेकको निर्णय गर्ने अधिकारको पनि अवमूल्यन भएको उनको भनाइ छ ।

उनले भनिन्, ‘ नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइ गरेको छ। सरकारले बलमिच्याइँ मात्रै गरेको छैन । संसदको अवमूल्यन गरेको छ ।
सांसदको स्वविवेक निर्णय गर्नेको पनि अवमूल्यन गरेको छ । गठबन्धनको नेताहरुको बलमिच्याइँ देखिएको छ । यो प्रक्रियामा मेरो असहमति छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार