राष्ट्रिय सभामा नागरिकता विधेयक टेबुल : उठ्यो सिक्किमको प्रसङ्ग

वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा हटाइएकोमा सांसदहरूकाे आपत्ति

राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सभा समक्ष टेबुल गरेका हुन् ।

उक्त विधेयकका बारेमा छलफलमा भाग लिँदै सांसदहरुले विभिन्न प्रश्न र आशंका प्रकट गरेका छन् । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले विधेयकमा वैवाहिक अंगीकृतको विषयमा गरिएको केही व्यवस्थाले आशंका उब्जाएको बताइन् ।

अरु देशमा रहेका प्रचलनलाई समेत बेवास्ता गरेर वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा हटाइएको भन्दै उनले आपत्ति जनाइन् । उनले राज्य व्यवस्था समितिमा लामो छलफलपछि राखिएका समयसीमा हटाइनु आशंकाको विषय भएको उनले बताइन् ।

‘सिक्किम भारतमा विलय रातारात भएको थिएन,’ उनले भनिन्, ‘यो कसको इन्ट्रेस्टमा आएको छ भन्ने प्रस्ट छ ।’ उनले यो विधेयकका त्रुटिपूर्ण प्रावधानलाई सच्याउनुपर्नेमा जोड दिइन् । उनले पितृत्वको पहिचान नभएका आमाको सन्तानले नागरिकता लिन स्वघोषणा गर्ने प्रावधान पनि उचित नभएको बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार