दैलेखमा चट्याङ लागेर १२ जना घाइते

दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोट भन्ने ठाउँमा आइतबार दिउँसो आएको वर्षासहितको चट्याङले १२ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहका अनुसार कोदो गोड्ने क्रममा आएको वर्षासहितको चट्याङ लागेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार