सरकार र सत्तारुढ गठबन्धनप्रति नरायणकाजी श्रेष्ठ असन्तुष्ट

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अन्तरवस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा उनले असन्तुष्टि जनाएका हुन्। उनले सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश समेत व्यक्त गरे ।

सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गरे। दलहरुमा वैचारिक(राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको उनको भनाइ छ।

‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ? यो अन्तरवस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नु अघि नै राखेको छु, राष्ट्रिय सभामा बोलेको छु त। पारित गर्नु अघि ठाउँमा बोल्नु छैन । आफ्नो पार्टीमा पनि राखे। राष्ट्रियसभामा पनि बोले। त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसके त। यस सम्बन्धमा विचारको समस्या होइन’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार