प्रदेशसभा बैठकमा सर्वध्वज साँवाले मागे गुहार

काठमाडौँ – प्रदेश १ का प्रदेशसभा सदस्य सर्वध्वज साँवाले प्रदेश नामकरणका विषयमा सांसदलाई घेराबन्दी गरिएको भन्दै गुहार मागेका छन् ।

आइतार प्रदेशसभा बैठकमा बोल्दै उनले नामकरणको विषयलाई लिएर प्रदेश सांसदलाई घर र बाटोमा समेत घेराबन्दी भएको बताए ।

‘गुहार गुहार गुहार भन्न चाहन्छु’, उनले भने, ‘किनकी हामीलाई अहिले बलीको बोका, पाठा–पाठी बनाउन खोजिएको छ ।’

उनले अघि भने, ‘कोही समूहले भन्नुहुन्छ कोसी राख्नुहोस्, नत्र आउँदो चुनावमा पहिचानवादी आदिवासी शून्य बनाइदिन्छु, अर्को समूहले भन्छ किरात लिम्बुवान राखेनौं भने आउदो चुनावमा कोसीमा बगाइदिन्छु, हामी घेराबन्दीमा परिरहेका छौं ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार