थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

सक्रिय संक्रमित तीन हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् ।

३ हजार ८८८ जनामा गरिएको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। आज ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

नेपालमा कोभिड संक्रमितको सक्रिय संख्या ३ हजार नाघेको छ।  हालसम्म देशभर ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा १ हजार ७६३ जना, ललितपुरमा ३१३ जना र भक्तपुरमा ८९ जना रहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार