यी ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिए ।

ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउने छन् । प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुई/दुई तथा सुदूरपश्चिम प्रदेशमा ६ अस्पताल छन् । आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार