जिसस बाजुराकाे सबै पदमा एमाले उम्मेदवार निर्वाचित

जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन् । अन्य दलले उम्मेदवारी नदिएपछि सबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

समन्वय समितिको प्रमुखमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीसहित ९ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समन्वय समितिको खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महत्तरा, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विक सर्वसम्मत भएका छन् । सर्वसम्मत चयन भएका प्रमुख, उपप्रमुखसहित सदस्यहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख रोकायालाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद धिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले उपप्रमुखसहित अन्य सदस्य शपथ खुवाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार