दाङमा ३ वर्षीया बालिका बलात्कृत, १४ बर्षीय किशोर पक्राउ

दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोर रहेका छन् । उनले बालिकालाई बलात्कारपछि हत्याको प्रयास समेत गरेको आरोप लगाएका ।प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट खसालेका थिए ।

बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर ती किशोरले बलात्कार गरेको प्रहरीको दाबी छ । बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार