सेयर बजारमा हरियाली, नेप्से ६१ अंले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

आइतबार नेप्से ६१.०५ अंकले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ। नेप्सेसँगै सबै उपसूचककमा हरीयाली हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक ७.२२ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ५.१० प्रतिशले बढेको छ । यस्तै हाइड्रोपावर, लघुवित्त अन्य र व्यापार क्षेत्रका कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा उच्च वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेर आइतबार बजारमा २ अर्ब ७३ करोड ९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै ३९ करोड ७१ लाखको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८३ लाखको कारोबार भएको छ ।

कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य बढेको छ । एक कम्पनीको मात्रै सेयरमूल्यमा गिरावट भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार