चिट्ठा पर्‍यो भन्दै ठगी गरेको आरोपमा रुपन्देहीबाट डेढ सय युवा युवती पक्राउ

प्रहरीले चिट्ठा पर्‍यो भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ बाट ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्रेको छ । जानकीनगरमा कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार