कैदीबन्दीलाई काममा लगाउने व्यवस्था गरौँ : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले जेलमा रहेका कैदीबन्दीलाई काममा लगाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । नेपालको जेलमा रहेका २६ हजारमध्ये २० हजारलाई काममा लगाउन सकिने उनको भनाइ थियो ।

कारागार विधेयकमाथि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सकारात्मक लिष्टमा रहेका कैदीलाई श्रममा लगाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘नेपालका कारागारमा रहेका कैदीमध्ये २० हजार काम गर्न सक्ने खालका छन्, सरकारले रासनपानी दिएर राखेको छ । चीनलगायत मुलुकमा यसरी जेलमा रहेका कैदीलाई बाहिर ल्याउने प्रचलन छ । बाँझो भूमिलाई एक ठाउँमा ल्याउने काम गर्ने भनेका छौँ, त्यही श्रममा लगाउन सकिन्छ’ भट्टराईले भने, ‘कैदीलाई अपराधिक गतिविधिवाट मानवीय जीवनमा ल्याउन र सामाजिकीकरण गर्न मद्दत पुग्छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार