भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्यो, तीनजनाको मृत्यु, दर्जन बढी घाइते

३ जनाको अवस्था गम्भीर

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी ब्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।

घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक र घाइतेहरुको नाम आउन बाँकी नै छ।

गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरू थिए । पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ । घटना दिउँसो १२ बजेतिर भएको बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार