अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु, ५ जना घाइते

 अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाशिंगटनको रेन्टन उपनगरमा  सिएटलमा  बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले  प्रहरी अधिकारीहरूलाई बोलाएका थिए ।

प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार  लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो।

विवादपछि गोली हानहान भएको थियो ।  आक्रमणकारीको पहिचान खुलाइएको छैन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार