कोरोना संक्रमणबाट नेत्र रोग विशेषज्ञ कार्कीको निधन

कोरोनाभाइरस संक्रमणबाट नेत्र रोग विशेषज्ञ डा. पूज्यश्री कार्कीको निधन भएको छ ।

कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल १० दिनदेखि आइसीयूमा उपचारत कार्कीको आज निधन भएको हो । प्राध्यापक समेत रहेकी कार्की धरानबाट एमडी गर्नुका साथै अमेरिकामा समेत अध्ययन गरेकी थिइन् । उनका पति प्रराब्ध सिजापती पनि डाक्टर नै हुन् । उनीहरुका दुई छोरा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार