सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरीले नेपाल सद्भावना पार्टीमा सक्रिय हुने बताएकी छन् । शनिबार काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भन्दै खुशी व्यक्त गरे । गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दावी गरेकी छन् । गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन । उनले ढिलै भएपनि नागरिकता विद्येयक आएको भन्दै अहिलेपनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने गुनासो गरेकी छन् ।

त्यस्तै उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार