कोरोना संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट एकै दिन २ सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बुधबार देशका विभिन्न स्थानमा २४६ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ । संकमणका कारण एकै दिन मृत्यु भएको यो संख्या हालसम्मकै उच्च हो । यस्तै आज कोरोना संक्रमित हुनेको संख्या ८ हजार १७३ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार