स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित २ युवक पक्राउ

धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० देवराज जोशीले जानकारी दिए ।

उनका अनुसार पशुपति टोल बस्दै आएका उनीहरू दुवै जनालाई स्रोत नखुलेको उक्त रकम शनिबार बिहान करिब साढे ५ बजेतिर साइकलमा धनगढी चौराहतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार