वर्षाले मेलम्ची र हेलम्बुका सडक अवरुद्ध

सिन्धुपाल्गचोक गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ। मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन्। हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाए पनि राति पानीका कारण बन्द हुँदा समस्या हुन थालेको छ ।

त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ। अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ। जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सत्न पाएका छैनन्।

‘बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ’, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने, ‘हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउन लागिपरेका छौँ’ भने। मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक खुलाउन मेसिन पठाइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।

गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यो वर्ष क्षति हुन थालेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार