विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक (भिडियाे)

अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेताको दमदार एक्सन अवतार देख्न सकिन्छ । धर्मा प्रोडक्सन अन्तर्गत बनेको यो फिल्ममा विजय देवरकोंडा र अनन्या पाण्डे मुख्य भूमिकामा छन् । फिल्ममा अनन्य पनि एक्सन अवतारमा देखिनेछिन् ।

फिल्मलाई साउथका पुरी जगन्नाथले निर्देशन गरेका हुन् । यो फिल्ममार्फत विजयले बलिउडमा डेब्यु गर्दैछन् भने अनन्यको तेलुगु डेब्यु हुँदैछ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकताका जगाएको छ । हिन्दी बाहेक यो फिल्म अन्य ४ भाषामा पनि रिलिज हुनेछ । फिल्ममा अमेरिकी बक्सर माइक टायसनको पनि केमियो भूमिका छ । फिल्मको सुटिङ सन् २०२१ को फेब्रुअरीमा सुरु भएको थियो । रिलिज २५ अगस्ट २०२२ मा हुने तय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार