पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन – पहिरो झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।

सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार