एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर होइनन् : अध्यक्ष ओली

न्यायालयमा काँग्रेसका कार्यकर्ता रहेको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक रहेको बताएका छन् ।

एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताएका हुन् । उनले खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न काँग्रेसलाई आग्रह समेत गरेका छन् ।

उनले भने, ‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’

राज्यका अरु निकायमा पनि कांग्रेस कार्यकर्ता रहेको भन्दै ओलीले उनीहरुले राजीनामा दिएको नसुनिएको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार