गण्डकीमा मुख्यमन्त्री गुरुङले गरे चार मन्त्री नियुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले चार जना मन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाएकी छन् ।

आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् । बाँकी तीन जनालाई विनाविभागीय मन्त्री बनाइएको छ । मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विना विभागीय मन्त्री बनाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार